नमस्ते,
तपाईंहरूमध्ये प्रत्येकजनाप्रति मेरा हार्दिक अभिवादन व्यक्त गर्न पाउँदा मलाई अत्यन्त सम्मानको अनुभूति भएको छ। आज हामी आफ्नै देशबाट टाढा-‘पर’ छौँ। परको देश-परदेश र पर्देशको व्यस्त जीवनयात्रामा बाँधिएका छौँ। हामीले पाइतलाले मातृभूमिको पवित्र माटो स्पर्श गर्न नपाएको धेरै समय भइसक्यो, तर त्यो माटोप्रतिको हाम्रो माया, समर्पण र उत्तरदायित्वको ज्योति कहिल्यै कम भएको छैन, न त कहिल्यै हुनेछ। यही अटूट भावनाले ऊर्जा लिएर हामी हाम्रो सांस्कृतिक सम्पदाको दीगो संरक्षण, समुन्नति र भावी पुस्ताका लागि सुनिश्चित हस्तान्तरणतर्फ दृढताका साथ अघि बढिरहेका छौँ। हाम्रो दीर्घकालीन उद्देश्य देशको संस्कृति, परम्परा र मौलिक पहिचानलाई केवल जोगाएर राख्नु मात्र होइन; बरु त्यसलाई पुनर्जीवित गर्दै वर्तमान र भविष्यका पीढीबीच सुमधुर र अविराम रूपमा प्रवाहित गरिरहनु हो। यसका लागि हामी समाजका सबै वर्ग, समुदाय र व्यक्तिलाई एउटै साझा मञ्चमा उभ्याउँदै, एकता, सहकार्य र समभावको आत्मालाई अझ प्रगाढ बनाउँदै, युवा पुस्तामा आफ्नो संस्कृतिप्रतिको गहिरो समझ, जिज्ञासा र गर्व उब्जाउने उद्देश्यले विविध सार्थक कार्यक्रमहरूको तयारीमा छौँ। विदेशी भूमिमा विचरण गर्दा हाम्रा सन्ततिहरूलाई आफ्नो परम्परा, संस्कार र पहिचान बुझ्न कहिलेकाहीँ कठिनाइ महसुस हुन सक्छ। तर पनि— हामी आफ्नो पक्षबाट सकेका सबै साना–साना प्रयासहरूलाई एक–एक गर्दै जोड्दै, हाम्रो जरा, हाम्रो पहिचान र हाम्रो सांस्कृतिक धरोहरलाई भविष्यसम्म जीवित राख्ने दृढ संकल्पका साथ अगाडि बढिरहेका छौँ। यद्यपि हामी मातृभूमिको सुगन्ध र रंगबाट टाढा परदेशमा बसेका छौँ, हामीभित्रको नेपालीपन अझै फूलझैँ फुलिरहेकै छ। अब आवश्यकता छ—यी विखरिएका नेपाली फूलहरूलाई एउटै सुगन्धित मालामा जोड्ने,जसले हाम्रो पहिचान, संस्कृतिको गौरव र आगामी पुस्तालाई जोड्ने अदृश्य बन्धनलाई अझ मजबुत बनाइदिन्छ।
साना कदमहरूले पनि सबैको हातेमालोसँग यात्राको दिशा बदलिदिन सक्छ। यही विश्वासका साथ तपाईंहरूको साथ, सहयोग र सद्भावको आशा हृदयदेखि गरेको छु। हाम्रो यो साझा बाटोमा हात थामेर साथ दिनुहोस् भन्ने विनीत अनुरोध छ। तपाईंले हाम्रो चालसँग हल्का मात्र कदम मिलाइदिनुभयो भने पनि, हामीले खोजेको गन्तव्य अब धेरै टाढा रहने छैन।
धन्यवाद!
कुमार गौरव
अद्यक्ष, क्यन्सास सिटी नेपाली समाज
Namaste,
I feel deeply honored to extend my heartfelt greetings to each and every one of you. Though we live far from our motherland, Nepal lives deeply within our hearts. Distance has not weakened our love for our culture, identity, and traditions, it has strengthened it. Our goal is not only to protect our traditions but to revitalize them by uniting communities, fostering cooperation, and inspiring pride and understanding among the younger generation. Even while living abroad, we remain committed to keeping our roots and identity alive.
It is time to unite these flowers into one strong garland protecting our roots, our pride, and our future. With unity, even small efforts create lasting impact. I humbly seek your support and partnership on this journey.
Thank you!
Kumar Gaurab
President, Kansas City Nepalese Society